Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • राप्रपाका विभाग प्रमुखहरूको जिम्मेवारी फेरबदल, राजनीतिक विभागमा मिश्र

    राप्रपाका विभाग प्रमुखहरूको जिम्मेवारी फेरबदल, राजनीतिक विभागमा मिश्र

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 96
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विभाग प्रमुखहरूको जिम्मेवारी फेरबदल गरेको छ ।

    बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा संगठनका विभाग प्रमुखहरूको जिम्मेवारी फेरबदल गरेको हो ।



    संगठन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधान, राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तोकिएको छ ।



    यस्तै, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री बिजय खड्का, विपद व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धब थापा, सूचना प्रविधि विभाग (आइटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धबराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने तोकिएको छ।

    पार्टीको विधान बमोजिम विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार