Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • खैरो हेरोइनसहित दिनम र संजिव पक्राउ

    खैरो हेरोइनसहित दिनम र संजिव पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 81
    SHARES

    रूपन्देही । कपिलवस्तु नगरपालिका –११ बनकटवास्थित सडकबाट अवैध लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा रूपन्देही कन्चन गाउँपालिका–४ गरगरेका ३२ वर्षीय दिनम थापा र कपिलवस्तु बाणगंगा नगरपालिका–२ कप्टैयाका ३० वर्षीय संजिव थापा रहेका छन् ।



    लु.९२ प ९७८७ नम्बरको स्कुटरमा सवार २ जनालाई चेकजाँच गर्ने क्रममा ५ ग्राम ६३० मिलिग्राम हेरोइनसहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पकडीले जनाएको छ ।



    थापाले ज्याकेट भित्रको गोजीमा कालो प्लास्टिकमा लुकाएर राखेको अवस्थामा हेरोइन बरामद भएको बताइएको छ । पक्राउ परेकाहरूलाई प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार