Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • सेवाग्राहीलाई ठमेलमा लगेर बलात्कार प्रयास गर्ने हवल्दार जेल चलान

    सेवाग्राहीलाई ठमेलमा लगेर बलात्कार प्रयास गर्ने हवल्दार जेल चलान

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 954
    SHARES

    काठमाडौं । चोरी मुद्दाकी पीडितलाई चोर पक्राउ गर्ने आश्वासन दिएर होटलमा लगि बलात्कार प्रयास गर्ने प्रहरी हवल्दार जेल चलान भएका छन् ।

    प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत अनिल कुमार दाहाल जेल चलान भएका हुन् । उनले चोरी घटनाको अनुसन्धानमा सहयोग गर्ने भन्दै पीडितसँग नजिकिएर फाइदा उठाउने प्रयास गरेका हुन् ।



    एक महिलाको डेरामा चोरी भएपछि गत २० भदौमा स्वयम्भु वृत्तमा उजुरी दिएकी थिइन् । चोरी गर्ने व्यक्ति लैनचौर वृत्तमा रहेको खुलेपछि उनी त्यहाँ पुग्छिन् ।



    त्यहाँ चोरी आरोपी हुँदैनन् तर उनको भेट हवल्दार दाहालसँग हुन्छ । उनले चोरलाई पक्राउ गर्ने आश्वासन दिई आफ्नो नम्बर उपलब्ध गराउँछन् ।

    २९ भदौमा दाहालले ती महिलालाई फोन गर्छन् । चोर पक्राउ परेको भन्दै ठमेलमा आउन भन्छन् । तर, प्रहरी चौकीमा होइन होटलमा । पठाओको भाडा पनि आफैं तिरिदिन्छन् ।

    सञ्चरकोष अगाडिको ड्रंकेन इन प्रालिको ३०१ नम्बर कोठामा लिएर जान्छन् । जहाँ दाहालले आफुसँग जबरजस्ती सम्बन्ध राख्न खोजेपछि भागेको पीडित महिलाको जाहेरी छ । उनले होटलबाट आफु भागेको बताएकी छिन् ।

    बयानमा हवल्दार दाहालले महिलालाई होटलमा लिएर गएको स्वीकार गर्छन् ।

    तर, आफुले शारिरीक सम्बन्ध राख्न खोजेको विषय स्वीकार गरेका छैनन् ।

    जिल्ला न्यायाधीश पीताम्बर शर्माको इजलाशले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार