Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • बाढीपहिरो र डुबानमा परेका १७ हजारभन्दा बढी नागरिकको उद्धार

    बाढीपहिरो र डुबानमा परेका १७ हजारभन्दा बढी नागरिकको उद्धार

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 84
    SHARES

    काठमाडौं । शुक्रबार र शनिबारको वर्षाका कारण आएको बाढीपहिरोमा परेका १७ हजारभन्दा बढी नागरिकको उद्धार गरिएको छ ।

    गृह मन्त्रालयका अनुसार बाढीपहिरो र डुबानलगायतमा परेका १७ हजार जनाभन्दा बढी नागरिकलाई उद्धार गरिएको हो।



    नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा स्वयमसेवकहरूबाट बिहीबार बिहानसम्म १७ हजार एक सय २० जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ ।



    विपदमा परेर बेपत्ता रहेका २२ जनाको खोजी कार्य जारी रहेको छ । मुलुकभर गरी एक सय ६९ जना घाइते रहेको र विभिन्न अस्पतालहरूमा उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

    काठमाडौं उपत्यकाबाट दुई हजार एक सय ५८, कोशी प्रदेशबाट ९० जना, मधेसबाट ३५ जना, बाग्मती प्रदेशबाट १३ हजार ६ सय ४० जनाको उद्धार गरिएको गृहले जनाएको छ ।

    नेपाली सेनाको हेलिकप्टरबाट वृद्धवृद्धा तथा बालबालिकाहरूलाई उद्धार गरिएको छ।

    गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाल निकाय एवं मन्त्रालयसित समन्वय गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार