Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • जापानको प्रधानमन्त्रीमा इशिबा निर्वाचित

    जापानको प्रधानमन्त्रीमा इशिबा निर्वाचित

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 54
    SHARES

    एजेन्सी । जापानको प्रधानमन्त्रीमा शिगेरु इसिबा निर्वाचित भएका छन् ।

    सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका नेता इसिबा संसदको दुवै सदनमा बहुमत प्राप्त गरी औपचारिक रूपमा देशको प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।



    जापानी सदनले नयाँ प्रधानमन्त्री चयन गर्न दिउँसो बैठक बोलाएको थियो ।



    एलडीपीको नेतृत्वमा सत्तारुढ गठबन्धनले दुवै सदनलाई नियन्त्रण गर्ने भएकाले ६७ वर्षीय इसिबाले प्रतिनिधिसभामा ४६१ मतमध्ये २९१ र हाउस अफ काउन्सिलरमा २४२ मतमध्ये १४३ मत प्राप्त गरे ।

    आफ्नो मन्त्रिपरिषद्मा १३ जना पहिलो पटक नियुक्ति, दुई जना पुनः नियुक्ति र अघिल्लो क्याबिनेट अनुभव भएका चार जना मन्त्रीहरु रहने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार