Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • सडक मर्मतमा सेनाको सहयोग लिने तयारी

    सडक मर्मतमा सेनाको सहयोग लिने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 78
    SHARES

    काठमाडौँ । बाढीपहिरोले अवरुद्ध भएको सडक खुलाउन नेपाली सेनाको सहयोग लिने तयारी भएको छ ।

    त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रक्षा मन्त्रालयले गृहकार्य थालेका छन् ।



    चाडपर्वको समयमा अवरुद्ध सडक मर्मत गरी यातायात सञ्चालनका लागि सहकार्य गर्ने विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईबिच बुधबार छलफलमा भएको छ ।



    भौतिकमन्त्री दाहालको सचिवालयका अनुसार जति सक्दो चाँडो सडक मर्मत तथा निर्माण गरी यातायात सहज बनाउन रक्षा मन्त्रालय पनि सहयोग गर्ने भएको छ ।

    बिपी राजमार्गका क्षतिग्रस्त विभिन्न खण्ड मर्मतका लागि आवश्यक परे रक्षा मन्त्रालयमार्फत नेपाली सेनाको समेत सहभागिता गराई सवारी आवागमन सहज बनाउन दुवै मन्त्रीबिच छलफल भएको हो । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार