Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलना मुद्दा फिर्ताको तयारी, उपरजिष्ट्रारले भने – कसैको प्यादा बन्न चाहिनँ

    बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलना मुद्दा फिर्ताको तयारी, उपरजिष्ट्रारले भने – कसैको प्यादा बन्न चाहिनँ

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 105
    SHARES

    काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने तयारी भएको छ ।

    बार अध्यक्षको अभिव्यक्तिले अदालतको अवहेलना भएको प्रतिवेदन तयार पारेर सर्वोच्चमा दर्ता गरेका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले प्रतिवेदन फिर्ता लिने घोषणा गरेका हुन् ।



    उनले आफू जीवनभर प्रजातन्त्रका लागि लडेको आफ्ना पिताले पनि यसकै लडाइमा जीवन गुजारेको भन्दै प्रतिवेदन दर्तापछि निदाउँन नसकेको उल्लेख गरेका छन् । उनले नेपाल बार एशोसिएशन प्रजातन्त्रको हिमायति संस्था भएको पनि उल्लेख गरेका छन् ।



    बुधवार मध्यरातमा सार्वजनिक वक्तव्य दिँदै घिमिरेले अब आफू कसैको प्यादा नबन्ने नचाहेको बताए  ।

    ‘म हिजोदेखि निदाउन सकेको छैन । जीवनभर प्रजातन्त्रको पछि लागियो । बा सधैं यसकै लडाइ लड्नुभयो,’ उनले लेखेका छन्, ‘बार जनताको आवाज हो लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु । अदालत खुला हुँदा आफ्ना भनाइसहित औपचारिक निवेदन दिनेछु । म कसैको प्यादा बन्न चाहिनँ ।’

    उनले अदालत खुलेलगत्तै आफ्नो भनाइसहित प्रतिवेदन फिर्ताको निवेदन दिने बताए । यस्तै उपरजिष्ट्रार घिमिरेले अघिल्लो पोस्ट साझा गर्दै भनेका छन् ‘३६४ दिन आज्ञापालक कुकुर जस्तै बनियो । एक दिन स्वतन्त्र हुन चाहान्छु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार