Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • आईसीसी महिला टी-२० विश्वकप आजदेखि

    आईसीसी महिला टी-२० विश्वकप आजदेखि

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 165
    SHARES

    काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप आजदेखि सुरु हुँदैछ । कात्तिक ४ गतेसम्म यूएईमा हुने महिला टी-२० विश्वकपमा २०२४ मा १० टिमको सहभागिता रहेको छ।​

    बंगलादेशमा आयोजना हुने तालिका रहे पनि त्यहाँको राजनीतिक उथलपुथलले प्रतियोगिता यूएईमा सारिएको हो।​



    बंगलादेशमा ठुलो राजनीतिक अस्थिरताले अन्तर्राष्ट्रिय क्रिकेट परिसद् आईसीसीले बंगलादेशमा आयोजना हुने तालिका रहेको महिला टी-२० विश्वकप अन्यत्र सारेको हो।



    प्रतियोगिताको समूह ए मा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया, भारत, पाकिस्तान, न्यूजिल्याण्ड र श्रीलंका छन्। समूह बी मा बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्याण्ड रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार