Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • भियतनामको चिडियाखानामा फैलियो वर्डफ्लु, ४७ वटा बाघ मरे

    भियतनामको चिडियाखानामा फैलियो वर्डफ्लु, ४७ वटा बाघ मरे

    अनलाइन नेपाल
  • बिहिबार, १७ असोज २०८१
  • 57
    SHARES

    एजेन्सी । ‘एच–फाइभ–एन–वान’ वर्डफ्लु भाइरस सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ वटा बाघ मरेका छन् ।

    वर्डफ्लुका कारण ४७ वटा बाघ, ३ वटा सिंह र एक प्यान्थर मरेका हुन् ।



    भियतनाम समाचार एजेन्सी (भीएनए) का अनुसार अगस्ट र सेप्टेम्बरमा लङ एन प्रान्तमा रहेको निजी माई क्विन्ह सफारी पार्क र डोङ नाइमा रहेको भुओन जोई चिडियाखानामा जनावरहरू मरेका हुन् ।



    ‘नेशनल सेन्टर फर एनिमल हेल्थ डायग्नोसिस’ को परीक्षणको नतिजाअनुसार जनावरहरूको मृत्यु ‘एच–फाइभ–एन–वान’ टाइप–ए भाइरसको सङ्क्रमणबाट भएको पत्ता लागेको खबरमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार