Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • कोसीकी राज्यमन्त्री सवार गाडीमा आक्रमण गरेको आरोपमा ६ जना पक्राउ

    कोसीकी राज्यमन्त्री सवार गाडीमा आक्रमण गरेको आरोपमा ६ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १६ असोज २०८१
  • 237
    SHARES

    विराटनगर । कोसी प्रदेशकी राज्यमन्त्री सिर्जना राई सवार गाडीमा आक्रमण गरेर लुटपाट गर्न खोजेको आरोपमा ६ जना पक्राउ परेका छन् ।‌

    बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किने क्रममा उदयपुरको बेलका नगरपालिका–८ मा मंगलबार राति १० बजेतिर लुटपाटको प्रयास भएको थियो ।



    कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङका अनुसार राई विराटनगरतर्फ फर्किने क्रममा बेलकाको सिरवानीमा ६ जनाको समूहले गाडी रोकेर‌ लुटपाटको प्रयास गरेका थिए ।



    घटनामा संलग्न भएको अरोपमा बुधबार विशाल राई, थानवीर राई, आकाश राई, लोहनसिंह राई, सुदीप राई र सुरेश राईलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार