Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • सूर्यदर्शन सहकारी ठगी प्रकरण

    छविलाल जोशीलाई धरौटी वा तारेखमा छाड्न प्रहरीलाई सर्वोच्चको ध्यानाकर्षण [आदेशसहित]

    छविलाल जोशीलाई धरौटी वा तारेखमा छाड्न प्रहरीलाई सर्वोच्चको ध्यानाकर्षण [आदेशसहित]

    अनलाइन नेपाल
  • बुधबार, १६ असोज २०८१
  • 198
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई धरौटीमा रिहा गर्न सुझाव दिएको छ ।

    बुधबार न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ र अब्दुल अजिज मुसलमानको इजलासले दशैंको बिदा सुरु हुन लागेकाले जोशीलाई धरौटी वा तारेखमा छाड्न प्रहरीको ध्यानाकर्षण गराएको हो ।



    यसअघि जिल्ला अदालत कास्कीले जोशीलाई १७ असोजसम्म हिरासतमा राख्न आदेश दिएको थियो । बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको नभए पनि, दशैंको बिदालाई ध्यानमा राखी धरौटी वा तारेखमा रिहा गर्न सकिने बताएको छ ।



    ‘दशैं बिदाका कारण अब उनलाई धरौटी वा तारेखमा रिहा गर्दा पनि हुने’ बताउँदै सर्वोच्च अदालतले प्रहरीलाई ध्यान दिन निर्देशन दिएको हो ।

    यस्तै अदालतले सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ । जोशीको तर्फबाट अधिवक्ता रोचक जोशीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटलाई सर्वोच्चले खारेज गरिदिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार