Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • ‘सुगर ड्याडी’सहित चार जनालाई थुनामा पठाउन अदालतको आदेश

    ‘सुगर ड्याडी’सहित चार जनालाई थुनामा पठाउन अदालतको आदेश

    अनलाइन नेपाल
  • बुधबार, १६ असोज २०८१
  • 156
    SHARES

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले सुगर ड्याडी’को नामले चिनिएका आशिष देउलालाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको हो ।

    देउलासँगै उदयपुर घर भएका २२ वर्षीय ओजस्वी तामाङ, टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले र भरतपुर महानगरपालिका–२९ का २२ वर्षीय साजनलाई पनि अदालतले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।



    युवा–युवतीलाई रडले डामेर यातना दिने आशिष देउलाविरुद्ध सरकारी वकिल कार्यालय काठमाडौँले अपहरण तथा शरीर बन्ध र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको थियो ।



    देउलाको समूहले युवायुवतीलाई यातना दिएर आनन्द लिने गरेको अभियोग छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार