Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • आज रातिदेखि खुल्दैछ डिभी, यसरी भर्नुहोस्

    आज रातिदेखि खुल्दैछ डिभी, यसरी भर्नुहोस्

    अनलाइन नेपाल
  • बुधबार, १६ असोज २०८१
  • 237
    SHARES

    काठमाडौं । सन् २०२६ को डिभी कार्यक्रमको लागि आजदेखि आवेदन खुल्ने भएको छ ।

    नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटदेखि आवेदन लिन सुरु गरिने काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।



    डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ ।



    एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एक भन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन् ।

    डिभीको लागि आवेदन कात्तिक २१ गते राति १०ः४५ बजेसम्म दिन सकिनेछ। डिभी भर्नका लागि कुनै पनस शुल्क नलाग्ने पनि दूतावासले जनाएको छ।

    यसका लागि कुनै पनि कन्सल्टेन्टको पनि आवश्यक नपर्ने र सहयोग नलिन पनि सुझाव दिएको छ।

    कार्यक्रमका लागि दर्ता गर्ने अवधिमा https://dvprogram.state.gov/मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्ने हुन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार