Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

    माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १६ असोज २०८१
  • 141
    SHARES

    फाइल तस्विर

    हुम्ला । माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा हुम्लाको ताँजाकोट गाउँपालिका-३ रामका २५ वर्षीय धुव्र शाही र सोही स्थानकी २४ वर्षकी मनसुरा शाही रहेकी छन् ।



    घरभन्दा आधा घण्टाको दूरीमा रहेको औलको सियाणी खोलामा माटो खन्न गएका उनीहरूको ढिस्कोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।



    उनीहरूसँगै गएका अर्का स्थानीय लालबहादुर शाही सामान्य घाइते भएका छन् ।

    आज बिहान दसैंका लागि घर सजावट गर्ने सेतो कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर उनीहरूको ज्यान गएको हो ।

    मृतकको शव पनि पोस्टमार्टमका लागि स्थानीय स्वास्थ्य संस्थामै राखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार