Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले दिए राजीनामा

    पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट बाबर आजमले दिए राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, १६ असोज २०८१
  • 96
    SHARES

    काठमाडौं । पाकिस्तानी क्रिकेट टिमको कप्तान बाबर आजमले राजीनामा दिएका छन् ।

    सामाजिक सञ्जालमा पोस्ट गर्दै बाबरले राजीनामाको घोषणा गरेका हुन् ।



    उनले परिवार र आफ्नो खेलमा समय दिनका लागि कप्तानबाट राजीनामा दिएको बताएका छन्।



    बाबरले लेखेका छन्,’टिमको नेतृत्व गर्नु सम्मानको कुरा हो । तर अब मैले पद छाड्दै आफ्नो खेलमा ध्यान केन्द्रित गर्ने समय आएको छ।’

    विश्वकप-२०२३ मा पाकिस्तानको कमजोर प्रदर्शनपछि बाबरले पहिले नै नेतृत्व छाडेका थिए । तर फेरि पाकिस्तान क्रिकेट बोर्डले मार्चमा उनलाई पुन: कप्तानी जिम्मेवारी दिएको थियो ।

    बाबरलाई ट्वान्टी-२० र एकदिवसीय फर्म्याटमा पाकिस्तानी क्रिकेट टिमको कप्तानी जिम्मेवारी दिइएको थियो ।

    भारतमा भएको विश्वकपमा पाकिस्तानले लिग चरणका नौ खेलमध्ये पाँचमा हार बेहोरेको थियो भने टिम सेमिफाइनल प्रवेश गर्न पनि असफल रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार