Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • आयोगका प्रमुख आयुक्त र आयुक्तले ७ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने

    आयोगका प्रमुख आयुक्त र आयुक्तले ७ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने

    अनलाइन नेपाल
  • मंगलबार, १५ असोज २०८१
  • 132
    SHARES

    काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तले सरकारको राहत कोषमा सात दिनको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

    आयोगले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोमा परी दिवङ्गत भएका सम्पूर्ण व्यक्तिहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।



    बाढी पहिरोबाट पुगेको अकल्पनीय क्षतिबाट पीडितहरूलाई राहत प्रदान गर्न सहयोग पुऱ्याउनका लागि आयोगका प्रमुख आयुक्त र आयुक्तहरूको ७ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।



    यसैगरी आयोगका सचिव, सहसचिव लगायत सम्पूर्ण कर्मचारीहरूलाई स्वेच्छिक रुपमा सहयोग तथा सहायता प्रदान गर्न आव्हान गर्ने निर्णय समेत भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार