Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले सातै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने

    गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले सातै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने

    अनलाइन नेपाल
  • मंगलबार, १५ असोज २०८१
  • 126
    SHARES

    काठमाडौं । शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने निर्णय गरेको छ ।

    केन्द्रका अध्यक्षसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको सञ्चालक समिति बैठकले सबै प्रदेशमा सेवा विस्तार गर्ने निर्णय गरेको हो।



    अब स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा केन्द्रले थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाउनेछ ।



    स्वास्थ्यमन्त्री पौडेलले सबै प्रदेशमा प्रादेशिक अस्पतालहरुमार्फत विशिष्टिकृत उपचार विस्तार गर्ने योजनाअन्तर्गत क्यान्सर उपचार सुरु भइसकेको र अब मुटु रोगको उपचारसमेत विस्तारको प्रस्ताव राखेका थिए।

    मन्त्रालयले हालै मात्र अर्थको स्वीकृतिपछि जलन उपचार सेवासमेत सबै प्रदेशमा आफ्नै श्रोतमा निःशुल्क रुपमा सञ्चालन गर्ने तयारी अघि बढाएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार