Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • बाढीपहिरो : काभ्रेमा ६२ जनाको मृत्यु, चारजना बेपत्ता

    बाढीपहिरो : काभ्रेमा ६२ जनाको मृत्यु, चारजना बेपत्ता

    अनलाइन नेपाल
  • मंगलबार, १५ असोज २०८१
  • 54
    SHARES

    फाइल तस्विर

    काभ्रेपलाञ्चोक । बाढीपहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ । चार बेपत्ता भएका छन् । ५२ जना घाइते भएका छन् ।

    मृतकमध्ये एक विदेशी नागरिक तथा रोसी गाउँपालिकामा एक रामेछापकी महिलाको मृत्यु भएको हो ।



    घटनामा हालसम्म २३ महिला, २७ पुरुष, एक बालक र एक बालिका घाइते भएका छन् ।



    घाइतेको धुलिखेल, बनेपा तथा काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पनौती नगरपालिका–११ बल्थलीमा पहिरोमा एकै परिवारका चारजना अझै बेपत्ता रहेको जनाइएको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म बाढीपहिरोमा परी मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकामा सात महिलासहित १८ छन् । मृतकमध्ये आठ पुरुष, दुई बालक, एक बालिका तथा एक विदेशी नागरिक रहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार