Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १५ असोज २०८१
  • 207
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    काठमाडौंदेखि दसैंका लागि घर फर्किरहेका बेला गौरीगंगा नगरपालिका वडा नम्बर १ को पूर्व—पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको से ६ प ६२७९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।



    दुर्घटनामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका २६ वर्षीय चिरञ्जीवी मल्ल र कैलालीको जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरीको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

    दुवै जनाको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार