काठमाडौँ । अविरल वर्षा पछिको बाढीपहिरो र डुबानका कारण हालसम्म २१७ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार २८ जना बेपत्ता छन् भने प्राकृतिक विपद्मा १४३ जना घाइते रहेका छन् ।
बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको मन्त्रालयले जनाएको छ ।
बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको बताइएको छ ।
Leave a Reply