Online Nepal
  • आइतबार, २० असोज २०८१
  • चैतन्य पाठशालामा सम्पन्न भयो ‘चैतन्य कला-संस्कृति उत्सव’

    चैतन्य पाठशालामा सम्पन्न भयो ‘चैतन्य कला-संस्कृति उत्सव’

    अनलाइन नेपाल
  • मंगलबार, १५ असोज २०८१
  • 138
    SHARES

    कैलाली । ‘कला संस्कृति हाम्रो पहिचान, मौलिकता हाम्रो शान’ भन्ने नाराका साथ ‘चैतन्य कला संस्कृति उत्सव’ कार्यक्रम भएको छ ।

    सोमबार बिजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा चैतन्य पाठशालाले कला संस्कृति कार्यक्रम आयोजना गरेको हो । शिक्षा र संस्कारलाई मुल जोड दिँदै आएको पाठशालाले हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गर्ने गरेको छ ।



    सो कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीले चैतन्यले बेला बेलामा गरिरहेका यस्ता सांस्कृतिक उत्सवहरूले विद्यार्थीलाई सामाजिकिकरण हुन सहयोग गर्ने बताए । साथै उनले कला संस्कृति संरक्षणमा पनि ठुलो योगदान पुर्याउने दाबी गरे ।



    यसैगरी चैतन्य पाठशालाका सिईओ गणेश प्रसाद जोशीले पाठशालाका यस्ता अतिरिक्त क्रियाकलापहरुमा अभिभावक लगायत पाठशालाका शुभचिन्तकहरुबाट मिलेको हौसलाले थप उर्जा मिलेको बताए ।

    आगामी दिनमा पनि यस्तै साथ सहयोगको आफूले आशा लिएको उनको भनाई छ । यस्तै कार्यक्रममा बोल्दै चैतन्य पाठशालाका प्राधानाध्यापक कटकबहादुर सिँहले हाम्रो कला संस्कृतिलाई हामीले नै जोग्रना गर्नुपर्नेमा जोड दिए ।

    हाम्रो कला संस्कृति हाम्रो पहिचान, मौलिकतामा हाम्रो चैतन्यको सधैं साथ रहेको उनले बताए । कार्यक्रममा साँस्कृति प्रस्तुति, स्थानीय कलाकारको प्रस्तुति, स्थानीय मौलिक परिकार, देउडा प्रस्तुति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार