Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • परराष्ट्रमन्त्री राणा र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री राणा र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, १४ असोज २०८१
  • 126
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उर्जा जियासँग भेटवार्ता गरेकी छन् ।

    संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासमा सोमबार उनीहरुबीच भेटवार्ता भएको हो ।



    भेटवार्तामा नेपाल(अमेरिका आपसी हितका विविध विषयका साथै शान्ति, मानवधिकार र प्रजातन्त्रका विषयमा कुराकानी भएको बताइएको छ ।



    सो भेटमा मन्त्री डा. राणाले नेपाल सदैव शान्ति, मानवअधिकार र प्रजातन्त्रका पक्षमा रहेको र नेपालको संसदले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका बारेमा उपविदेशमन्त्री जियालाई जानकारी गराएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार