Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • बार अध्यक्ष घिमिरेले भने – खबरदारी गर्दा अवहेलना मुद्दा चलाइयो, विचलित हुन्नँ

    बार अध्यक्ष घिमिरेले भने – खबरदारी गर्दा अवहेलना मुद्दा चलाइयो, विचलित हुन्नँ

    अनलाइन नेपाल
  • सोमबार, १४ असोज २०८१
  • 213
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपरिषद्को स्वेच्छचारिताविरुद्ध आवाज उठाउँदा आफूविरुद्ध मुद्दा चलाउन खोजिएको दाबी गरेका छन् ।

    सोमबार बार एशोसिएशनमा पत्रकार सम्मेलन गर्दै घिमिरेले यस्तो दाबी गरेका हुन् । उनले आफ्नो कमजोरी ढाक्नका लागि न्यायपरिषद्ले आफूविरुद्ध मुद्दा चलाउन खोजेको बताए ।



    न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनले नै न्यायालयमा भ्रष्टाचार भएको देखाएको अवस्थामा त्यही विषयलाई बारले उठाउँदा न्यायपरिषद् बारमाथि खनिएको उनले अनलाइन नेपालसँग बताए ।



    आफूले दिएको अभिव्यक्तिको जिम्मेवारी लिने भन्दै उनले जुनसुकै मुद्दा खेप्न तयार रहेको स्पष्ट पारे । न्यायपरिषद्को कुनै पनि कदमले बार विचलित नहुने उनले बताए ।

    न्याय परिषद नियावली संशोधनका विषयमा उठेको विवाद निरुपण नगरी परिषदले एकलौटी रुपमा न्यायाधीश सिफारिस गर्नु आपत्तिजनक भएको र त्यसमा परिषद अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश श्रेष्ठको अनुचित स्वार्थ रहेको आरोप घिमिरेले लगाएका थिए ।

    तर न्यायपरिषद्ले उक्त अभिव्यक्तिले अदालतको अवहेलना गरेको र जनआस्था गिराउने काम गरेको भन्दै अवहेलना मुद्दा दायर गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार