Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    अनलाइन नेपाल
  • सोमबार, १४ असोज २०८१
  • 171
    SHARES

    काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

    सर्वोच्चका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले तयार पारेको प्रतिवेदनका आधारमा घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ता भएको हो ।



    शुक्रबार बारको विरोधका बाबजुद न्याय परिषदले सर्वोच्च अदालतमा दुई जना न्यायाधीश सिफारिस गरेपछि अध्यक्ष घिमिरले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध अभिव्यक्ति दिएका थिए ।



    न्याय परिषद नियावली संशोधनका विषयमा उठेको विवाद निरुपण नगरी परिषदले एकलौटी रुपमा न्यायाधीश सिफारिस गर्नु आपत्ति जनक भएको र त्यसमा परिषद अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश श्रेष्ठको अनुचित स्वार्थ रहेको आरोप घिमिरेले लगाएका थिए ।

    न्यायपरिषदको सचिवालयले सोमबार नै एक विज्ञप्ति जारीगरी बार अध्यक्ष घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि अनर्गल र आधारहीन आरोप लगाएको भन्दै खण्डन गरेको छ ।

    तर सोमबार बार एशोसिएशनमा पत्रकार सम्मेलन गर्दै घिमिरेले न्यायपरिषद्को स्वेच्छचारिताविरुद्ध आवाज उठाउँदा अवहेलनामा कारवाही गर्न सक्ने गरि न्यायपरिषद्ले तयारी गरेको बताए । न्यायपालिका शुद्ध नभएसम्म बारको न्यायिक लडाइँ जारी रहने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार