Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दर्ता

    दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दर्ता

    अनलाइन नेपाल
  • सोमबार, १४ असोज २०८१
  • 261
    SHARES

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

    साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा प्रसाईंविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा मुद्दा दायर भएको हो ।



    सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ भने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको छ ।



    गत ६ असोजमा भक्तपुरबाट पक्राउ परेका प्रसाई हिरासतमा परेपछि बिरामी भएको भन्दै अस्पतालमा छन् ।

    प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिइएका जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल फरार छन् ।

    युट्युब च्यानल देश दुनियाँ खबरमा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको चरित्रहत्या गरेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार