Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • वीपी राजमार्ग तत्काल खुलाउन असम्भव, ४ किलोमिटर सडक क्षतिग्रस्त

    वीपी राजमार्ग तत्काल खुलाउन असम्भव, ४ किलोमिटर सडक क्षतिग्रस्त

    अनलाइन नेपाल
  • सोमबार, १४ असोज २०८१
  • 5.2K
    SHARES

    काठमाडौं। वीपी राजमार्ग अन्र्तगत काभ्रेपलाञ्चोक जिल्लामा चार किलोमिटर सडकमा बाढी पहिरोले क्षति पुर्‍याएको छ।

    जिल्ला सदरमुकाम धुलिखेलदेखि मान्तीखोलासम्मको ५२ किलोमिटर सडकमध्ये चार किलोमिटर सडक क्षतिग्रस्त भएको हो ।



    हाल धुलिखेलदेखि काभ्रेभन्जाङसम्म मात्र सडक चलेको छ । धुलिखेलदेखि भकुण्डेबेशीसम्मको सडकको पहिरो पन्छाएर आज साँझसम्म सुचारु गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।



    काभ्रेभञ्ज्याङदेखि कटुन्जेबेशीसम्म पहिरोका कारण सात सय ५० मिटर सडक अवरुद्ध भएको छ ।

    रोशीपुलदेखि मंगलटारसम्म एक हजार सात सय मिटर सडकमा बाढी र पहिरोका कारण क्षति पुगेको छ ।

    त्यस्तै, मंगलटारदेखि मान्तीखोलासम्म ११ किलोमिटर सकडमध्ये एक हजार चार सय मिटर सडक अवरुद्ध छ ।

    रोशीदेखि मान्तीखोलासम्मको सडकखण्डमा रोशी खोलाको बाढीले सडक नै गायब बनाएकाले तत्काल पुननिर्माण हुने सम्भावना कम छ ।

    दशैंसम्म पनि सडक सुचारु हुन कठिन छ । खोला आसपास सञ्चालन गरिएका मापदण्डविपरीतका खानी र क्रसरका कारण बाढीले ठूलो क्षति पुर्याएको स्थानीयको आरोप छ । जिल्लाका नेताहरूले नै ती क्रसर चलाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार