Online Nepal
  • आइतबार, २० असोज २०८१
  • नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते

    नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते

    अनलाइन नेपाल
  • सोमबार, १४ असोज २०८१
  • 201
    SHARES

    फाइल तस्विर

    नुवाकोट । नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

    नुवाकोटको शिवपुरीमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित ११ जना घाइते भएका हुन् ।



    जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार दुर्घटनामा परी दुई जना गम्भीर घाइते रहेका छन्।



    काठमाडौंबाट नुवाकोटहुँदै लमजुङ जाँदै गरेको ग १ ख ४५३५ नम्बरको माइक्रो सोमबार दिउँसो शिवपुरीको भीरबाट खसेर दुर्घटनाग्रस्त भएको थियो ।

    काठमाडौं टोखा–छहरे–गंगटे सडकखण्डको बीचमा रहेको शिवपुरी गाउँपालिका-७ अदुवारवारी घुम्तीमा माइक्रोबस सडकबाट एकसय ५० मिटर तल खसेको हो।

    दुर्घटनालगत्तै स्थानीयवासी तथा प्रहरीले घाइतेको उद्दार गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार