Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • खोलामा बग्दै गरेकालाई उद्धार गर्ने चणिकलाललाई बागमती प्रदेशले सम्मान गर्ने

    खोलामा बग्दै गरेकालाई उद्धार गर्ने चणिकलाललाई बागमती प्रदेशले सम्मान गर्ने

    अनलाइन नेपाल
  • सोमबार, १४ असोज २०८१
  • 156
    SHARES

    काठमाडौं। बागमती प्रदेश सरकारले नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका चणिकलाल तामाङलाई सम्मान गर्ने भएको छ ।

    बागमती सरकारले ललितपुर नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका तामाङलाई डेढलाख नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।



    बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले तामाङको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको बताए ।



    काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ वर्षीया मेघना साह र राजुका भाइ २२ वर्षीय राज साहको उद्धार गरेका थिए ।

    टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए।

    खोलाले बगाएर झन्डै ५ सय मिटर तल पुर्‍याएपछि तामाङले उर्लंदो भेलमा हाम फालेर दुई जनाको उद्धार गरेका थिए ।

    उद्धार गरिएका दुवै जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार