Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • बाढीपहिरो प्रभावित दुई जिल्लाका सीडीओ गृह मन्त्रालय तानिए

    बाढीपहिरो प्रभावित दुई जिल्लाका सीडीओ गृह मन्त्रालय तानिए

    अनलाइन नेपाल
  • सोमबार, १४ असोज २०८१
  • 396
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी(सीडीओ)को सरुवा गरेको छ ।

    धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरुवा गरिएको हो ।



    उनीहरूलाई मन्त्रालयमै काम गर्नेगरी सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।



    उनीहरूको ठाउँमा धादिङमा सुमन घिमिरे र काभ्रेमा उमेश ढकाललाई पठाइएको छ।

    तीन दिन परेको अविरल वर्षाले काभ्रे र धादिङमा सबैभन्दा धेरै क्षति गरेको थियो ।

    क्षति न्यूनीकरणमा भूमिका नखेलेको भन्दै उनीहरू सरुवा गरिएको गृह मन्त्रालय स्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार