बुटवल । बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु भएकाे छ। बुटवलस्थित कोरोना विशेष अस्पतालमा नवलपरासी पश्चिमको सुस्ताका ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा उपचाररत सुस्ता गाउंपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ ।
भदौ १९ गते कोरोना पोजेटिभ रिपोर्ट आएपछि अस्पताल भर्ना भइ आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको हो । मृतक पुरुषमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो ।
Leave a Reply