Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • दुई संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

    दुई संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

    अनलाइन नेपाल
  • सोमबार, १४ असोज २०८१
  • 81
    SHARES

    काठमाडौँ । आज दुईवटा संसदीय समितिको बैठक बस्दैछ ।

    संसद सचिवालयका अनुसार संसदीय सुनुवाइ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । दिउँसो १ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्नेछ ।



    बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरू खोली वितरण र छलफल गर्ने, नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूले पेस गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने, नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गर्ने र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रारम्भ गर्ने कार्यसूची रहेको छ ।



    त्यस्तै दिउँसो ३ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार