Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • काभ्रे र धादिङका सिडिओ फेरिए

    काभ्रे र धादिङका सिडिओ फेरिए

    अनलाइन नेपाल
  • सोमबार, १४ असोज २०८१
  • 183
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ ।

    मन्त्रालयले आइतबार काभ्रेपलाञ्चोक र धादिङका प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको हो ।



    काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईलाई गृह मन्त्रालयमा सरुवा गर्दै मन्त्रालयका सहसचिव उमेश ढकाललाई काभ्रेपलाञ्चोक पठाइएको छ ।



    यस्तै, धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि गृह मन्त्रालयमा सरुवा गरेर मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको रुपमा पठाइएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार