Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • दुई दिनमा बाढीसम्बन्धी ४१ लाख मोबाइल ‘एसएमएस’

    दुई दिनमा बाढीसम्बन्धी ४१ लाख मोबाइल ‘एसएमएस’

    अनलाइन नेपाल
  • सोमबार, १४ असोज २०८१
  • 144
    SHARES

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले गत शुक्रबार र शनिबार गरी दुई दिनमा ४१ लाख सेवाग्राहीलाई मोबाइल एसएमएस पठाएको छ ।

    बाढीसम्बन्धी जानकारी दिन र बाढीबाट सुरक्षित रहन सन्देश प्रवाह गर्दै नेपाल टेलिकम र एनसेलबाट उक्त एसएमएस पठाइएको हो ।



    जल तथा मौसमविज्ञान विभागका बाढीविद् विनोद पराजुलीले एनसेलबाट करिब २१ लाख ७२ हजार र नेपाल टेलिकमबाट १९ लाख २१ हजार मोबाइल एसएमएस सर्वसाधारणलाई पठाइएको जानकारी दिइन् ।



    हाल जल तथा मौसम विज्ञान विभागले मनसुनजन्य विपत्तिबाट जोगाउन वार्षिक ९० लाख एसएमएस सर्वसाधारणलाई पठाउने गरेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले बताए ।

    उनका अनुसार बाढी र वर्षासम्बन्धी जानकारीका लागि टोल फ्री नम्बर ११५५ र उद्धारका लागि मद्दत माग्न ११४९ को व्यवस्था गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार