Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • सिन्धुलीमा फसेका बेलायती नागरिकसहित ३९ जनालाई हेलिकोप्टरद्धारा उद्धार

    सिन्धुलीमा फसेका बेलायती नागरिकसहित ३९ जनालाई हेलिकोप्टरद्धारा उद्धार

    अनलाइन नेपाल
  • आइतबार, १३ असोज २०८१
  • 123
    SHARES

    सिन्धुली । सिन्धुलीमा बाढीमा फसेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

    अविरल वर्षासँगै को सुनकोसी गाउँपालिका १ नेपालथोक गजुरीदहस्थित रोशी खोलामा आएको बाढी र पहिरोका कारण तीन दिनदेखि बनेपा-सिन्धुली-बर्दिवास (बिपी) राजमार्ग अवरुद्ध हुँदा बीच बाटोमा फसेका ३४ जनालाई नेपाली र पाँच जना बेलायती नगारिकलाई निजी कम्पनीको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।



    सिन्धुली प्रहरीका अनुसार रोशी खोलामा आएको बाढीले राजमार्ग भत्काएर क्षति गर्दा अपलपत्र विदेशी नागरिकसहित, विरामी, वृद्ध तथा बालबालिकाहरू गरी ३४ जनालाई आइतबार साँझ ६ बजे हेलिकोप्टरमार्फत धुलिखेल पठाइएको हो।



    त्यस्तै निजी कम्पनीको हेलिकोप्टरमार्फत सुनकोशी गाउँपालिकाको रातामाटाबाट पाँच जना बेलायती नागरीकको उद्धार गरेर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार