Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुलाई ११ अक्टोबरसम्म उड्न दिइने

    अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुलाई ११ अक्टोबरसम्म उड्न दिइने

    अनलाइन नेपाल
  • आइतबार, १३ असोज २०८१
  • 180
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल वायु सेवा निगमले वर्षाले प्रभावित भएर अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुहरूलाई ११ अक्टोबरसम्म उडान गर्न दिने निर्णय गरेको छ ।

    निगमका अनुसार, २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म टिकट लिएका यात्रुहरूलाई ११ अक्टोबरसम्म उडान गर्दा शुल्क नलाग्ने भएको हो ।



    निगमले अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुहरूलाई यथाशिघ्र निगमको कार्यालयमा सम्पर्क राख्न पनि आग्रह गरेको छ ।



    यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भाडादर घटाउन नौ बुँदे निर्देशन दिएका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार