Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • विपद्‍बारे पूर्वसूचना र तयारीले गर्दा देशमा क्षति कम भयो : गृहमन्त्री लेखक

    विपद्‍बारे पूर्वसूचना र तयारीले गर्दा देशमा क्षति कम भयो : गृहमन्त्री लेखक

    अनलाइन नेपाल
  • आइतबार, १३ असोज २०८१
  • 99
    SHARES

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्‍बारे पूर्वसूचना र तयारीले क्षतिलाई न्युनीकरण गर्न मद्दत पुगेको बताएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको सर्वदलीय बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।



    विपद न्युनीकरण र विपद्को व्यवस्थापनमा दुई वटा चरण हुने भन्दै गृहमन्त्री लेखकले भने,’विपद् पूर्वको सूचनाको विषय हो । पूर्वानुमान अनुसार सूचनाको सम्प्रेषण पनि भएको थियो । त्यो सूचनालाई आगामी दिनमा थप व्यवस्थित गर्न जरुरी छ। विपदको प्रतिकार्यको विषय हो । त्यसका लागि पूर्व तयारी नभएको होइन । सरकारले पूर्व तयारी गरेकाले नै क्षतिलाई न्युनीकरण गर्नका लागि सहयोग पुगेको छ । आगामी दिनमा यसलाई थप व्यवस्थित गरेर जान जरुरी छ ।’



    उनले विपद् पूर्वको सूचना र तयारीले क्षति कम भएपनि थप व्यवस्थित गर्न जरुरी रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार