Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १०० पुग्यो, ६७ जना बेपत्ता

    बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १०० पुग्यो, ६७ जना बेपत्ता

    अनलाइन नेपाल
  • आइतबार, १३ असोज २०८१
  • 45
    SHARES

    तस्बिर नेपाल प्रहरी

    काठमाडौं । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म एक सय जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका अनुसार ६७ जना बेपत्ता भएका छन् भने कम्तीमा एक सय जना घाइते छन् ।

    ललितपुरमा २०, धादिङमा १५, काठमाण्डौमा १२, काभ्रेमा १०, मकवानपुरमा सात, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बुमा, पाँचथर र भक्तपुरमा पाँचरपाँच जनाले ज्यान गुमाएका छन् ।



    त्यस्तै दोलखामा तीन, सिन्धुली, धनकुटा र महोत्तरीमा दुईरदुई जना तथा झापा, उदयपुर, इलाम, सप्तरी र नुवाकोटमा एकरएक जनाले ज्यान गुमाएको पछिल्लो विवरण छ ।



    प्रभावित क्षेत्रमा झन्डै १० हजार सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार