Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • झ्याप्ले खोलामा गाडीसँगै पुरिएकामध्ये ९ जनाको सनाखत [नामावलीसहित]

    झ्याप्ले खोलामा गाडीसँगै पुरिएकामध्ये ९ जनाको सनाखत [नामावलीसहित]

    अनलाइन नेपाल
  • आइतबार, १३ असोज २०८१
  • 225
    SHARES

    धादिङ । धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका–९ झयाप्ले खोलामा पहिरोले पुरिएका विंंगर जिपमा सवार ९ जना मृतकको पहिचान खुलेको छ ।

    शुक्रवार बिहान बुटवलबाट काठमाडौं जाँदै गरेको लु १ ज ४५७८ नम्वरको विंगर जिपमा सवार १४ जना यात्रु पहिरोमा पुरिएका थिए ।



    पहिरोमा शुक्रवार साँझ पुरिएको उक्त गाडी र यात्रु शनिवार साँझ मात्रै फेला परेको थियो । धादिङ प्रहरीका अनुसार उक्त घटनामा विंगर चालक रमेश लुईटेलसहित १४ जना मृत अवस्थामा फेला परेका हुन् ।



    मृत्यु हुनेमा स्याङजाको गल्याङ नगरपालिका वडा नं ३ घर भई बुटवलको कालिका माविमा अध्ययनरत १५ बर्षका दिपेश र दिपिका भट्टराई तथा उनीहरुकी आमा सिता भट्टराई छन्।

    उनीहरु मध्ये सिता र दिपेश भट्टराईको सनाखत भइसकेको छ भने दिपीकाको सनाखत हुन सकेको छैन। त्यसैगरी बुटवलको सेमलारका प्रकाश कुंवर र सिर्जना कुंवर, गुल्मीको चारपालाका बीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी छन्।

    नागढुंगा प्रहरी प्रभागका अनुसार अन्य मृतकहरुको पहिचान खुल्न नसकेको र उनीहरुको शव गएराती ११ बजे नै शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार