Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • बाढीको कहर :

    देशभर उद्धारका लागि २० हजार सुरक्षाकर्मी परिचालन

    देशभर उद्धारका लागि २० हजार सुरक्षाकर्मी परिचालन

    अनलाइन नेपाल
  • शनिबार, १२ असोज २०८१
  • 63
    SHARES

    काठमाडौं । बाढी, पहिरो र डुबानमा परेका नागरिकहरूको खोज तथा उद्धारका लागि देशभर २० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

    विपदबाट हुने क्षति न्यूनीकरण, नागरिकको जिउधनको सुरक्षा तथा उद्धार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रिय रूपमा परिचालन गरिएको हो ।



    पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजार भन्दा बढी नागरिकको सकुशल उद्धार भइरहँदा नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५४० जना प्रहरी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।



    जसमध्ये काठमाडौं उपत्यकामा मात्रै नेपाल प्रहरीको चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलबाट तीन हजार ५ सय सुरक्षाकर्मी उद्धारमा खटिएका छन् ।

    नेपाली सेनाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चार जनाको हेलिकप्टरबाट उद्धार गरेको छ । सेनाको टोली देशभरको प्रभावित क्षेत्रमा परिचालन भएको छ ।

    भने राष्ट्रिय अनुसन्धान विभाग सूचना सङ्कलनमा सक्रिय छ । गृह मन्त्रालयकाअनुसार शनिबार दिउँसोसम्म एक हजार ५३ जनाको उद्धार गरिएको छ।

    यसअघि गृहमन्त्री रमेश लेखकले उद्धार, राहत तथा घाइतेको स्वास्थ्य उपचारमा सरकार सक्रिय भएर लागी परेको बताएका थिए । उनले बाढी पहिरोमा अवरुद्ध सडक सुचारु गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार