Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • पहिरोमा पुरिँदा गर्भवती महिलासहित तीन जनाको मृत्यु

    पहिरोमा पुरिँदा गर्भवती महिलासहित तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १२ असोज २०८१
  • 255
    SHARES

    भक्तपुर । पहिरोमा पुरिँदा गर्भवती महिलासहित तीन जनाको मृत्यु भएको छ।

    सूर्यविनायक नगरपालिका-९ पलाँसेमा रहेको एक टहरामा पहिरो खस्दा तीन जनाको मृत्यु भएको हो।



    कालिकोट घर भई सोही टहरामा बस्दै आएकी २४ वर्षीया दमिला शाही, उनकी ४ वर्षीया प्रिया बम र १४ वर्षीया साली मनिषा शाहीको मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ।



    दमिला गर्भवती समेत रहेको प्रहरीले जनाएको छ। पहिरो खसेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गण गुहेश्वरी भक्तपुर मातहतबाट खटिएको टोलीले तीन जनाको शव निकालेको हो।

    शव पोष्टमर्टमको लागि लैजान तयारी भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार