Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • मकवानपुरमा एन्फाको क्याम्पबाट ६ खेलाडी बेपत्ता

    मकवानपुरमा एन्फाको क्याम्पबाट ६ खेलाडी बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, १२ असोज २०८१
  • 195
    SHARES

    मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा)को क्याम्पमा बसेका ६ खेलाडी बेपत्ता भएका छन् ।

    मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ मा राखेको यूथ–१४ क्याम्पका ६ जना खेलाडी सम्पर्कबिहीन भएका हुन्।



    एन्फाकाअनुसार स्थानीय वत्सला माविमा होस्टलसहित आवासीय व्यवस्था गरी दैनिक प्रशिक्षणमा राखिएका ३७ जना खेलाडीमध्ये ६ जना सम्पर्कबिहीन भएका छन् ।



    आज बिहान करिब ६ बजेको समयमा अविरल वर्षासँगै सुरक्षित स्थानमा खेलाडीलाई सार्न खोज्दा उनीहरु पहिरोमा पुरिएको आशंका छ ।

    बेपत्ता विद्यार्थीहरुमा अनुप घलान मकवानपुर, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार