Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • विपद् व्यवस्थापनका लागि मेयर बालेनले गरे नगर प्रहरी परिचालन

    विपद् व्यवस्थापनका लागि मेयर बालेनले गरे नगर प्रहरी परिचालन

    अनलाइन नेपाल
  • शनिबार, १२ असोज २०८१
  • 72
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले विपद व्यवस्थापन गर्न नगर प्रहरी परिचालन गरिएको बताएका छन् ।

    सामाजिक संञ्जालमा लेख्दै मेयर बालेनले विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोली परिचालन गरिएको बताएका हुन् ।



    निरन्तर वर्षाका कारण काठमाडौं सिर्जना भएको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोलीमा अधिकृत र जवान गरी ३ सय जना परिचालन गरिएको उनले बताए ।



    टोलीहरु डुवान भएका वस्ती, नदी किनारा, रुख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्न गरिरहेको मेयर बालेनले बताए ।

    वंशीघाट, कुशेश्वर, कपुर धारा, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमुल, न्युरोड, गणेशस्थानलगायत स्थानको समस्या समाधान गरिहेको उनले बताए ।

    स्थानीयले दिएको सूचना, हटलाइन टेलिफोनमा टिपिएका अनुरोधलाई तत्काल सम्बोधन गर्ने प्रयास गरेको मेयर बालेनको भनाई छ ।

    काठमाडौं महानगरपालिकाका हटलाइन नम्बर १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गरेर अवस्थाका बारेमा जानकारी गराउन उनले आग्रह गरेका छन् ।

    साथै आपतकालीन अवस्थाहरूमा अस्पताल जानु परे निःशुल्क एम्बुलेन्स प्रयोग गर्न १०२ मा फोन गर्न पनि मेयर शाहले आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार