Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • अविरल वर्षाका कारण उपत्यकाको विद्युत् आपूर्ति प्रभावित

    अविरल वर्षाका कारण उपत्यकाको विद्युत् आपूर्ति प्रभावित

    अनलाइन नेपाल
  • शनिबार, १२ असोज २०८१
  • 90
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति प्रभावित भएको छ ।

    वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारहरुमा क्षति पुर्याउँदा आपूर्ति प्रभावित भएको हो ।



    नेपाल विद्युत् प्राधिकरणकाअनुसार, काठमाडौं उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ ।



    काठमाडौं उपत्यकाको विद्युत् माग सामान्य अवस्थामा करिब ४०० मेगावाट हुने गरेकोमा शनिवार करिब २०० मेगावाट मात्र रहेको छ ।

    बानेश्वर सबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका फिडहरु प्रभावित भएका छन् ।

    भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन् ।

    त्यस्तै पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तिवन, चापागाउँ,खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल र लुभु फिडर बन्द छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार