Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • कोसी ब्यारेजका सबै ढोका खोलिए, सतर्कता अपनाउन अनुरोध

    कोसी ब्यारेजका सबै ढोका खोलिए, सतर्कता अपनाउन अनुरोध

    अनलाइन नेपाल
  • शनिबार, १२ असोज २०८१
  • 117
    SHARES

    धरान । निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतह बढेपछि कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।

    बिहान ७ बजे तीन लाख ८१ हजार ८४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो ।



    ८ बजे चार लाख १८ हजार २८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिए ।



    नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको संकेत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

    तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार