Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • पहिरोले मेची राजमार्ग अवरुद्ध

    पहिरोले मेची राजमार्ग अवरुद्ध

    अनलाइन नेपाल
  • शनिबार, १२ असोज २०८१
  • 60
    SHARES

    इलाम । बुधबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले पहिरो जाँदा मेची क्षेत्रको ‘लाइफ लाइन’ मानिने मेची राजमार्ग अवरुद्ध भएको छ।

    इलाम नगरपालिकाको माइखोलास्थित राजदुवाली–गोलाखर्क खण्डमा पहिरो र माथिल्लोपट्टिको पर्खाल झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।



    यो खण्ड लामो समयदेखि जोखिमयुक्त छ। करोडौं रुपैयाँ खर्च भएपनि मर्मत दीर्घकालीन हुन नसेकेको यही ठाउँमा पुनः जोखिम बढेको हो।



    माथिबाट झर्ने पहिरो र राजमार्ग चुँडिएर जाने समस्या भएपछि प्रशासनले गए राति १० बजेदेखि अघि बिहान ३ बजेसम्म यो खण्ड भएर सवारीका साधन चल्न रोक लगाएको थियो ।

    तर, बिहानै साढे ३ बजेतिर माथिपट्टिको पर्खाल राजमार्गमै झरेपछि सवारीका साधन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले इलामले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार