Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • ओडारमा ओत लागेका दुई चेपाङसहित तीनजना बेपत्ता

    ओडारमा ओत लागेका दुई चेपाङसहित तीनजना बेपत्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असोज २०८१
  • 159
    SHARES

    धादिङ । अविरल वर्षाको क्रममा खसेको पहिरोले पुरिएर शुक्रबार धादिङमा दुईजना चेपाङ र खोलाले बगाएर एकजना बालिका बेपत्ता भएका छन् ।

    भल आएको नदीमा माछा मार्न हिँडेका बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्तु चेपाङ पहिरोमा परेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।



    नदीमा माछा मार्न जान लागेका उनीहरु निरन्तरको वर्षाका कारण गजुरी गाउँपालिका वडा नम्बर २ गुम्बाडाडाँमा रहेको ओडारमा ओत लागेर बस्दा एक्कासि पहिरो आउँदा उनीहरु पहिरोमा पुरिएका हुन् ।



    पहिरोले पुरिएपछि बेपत्ता दुई जनाको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

    यसैगरी, गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ को बिचमा पर्ने घट्टेखोलाले बगाएपछि एक बालिका बेपत्ता भएकी छिन् । खोलाले बगाएका दुईजना भने पौडिन सफल भएका छन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार