Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • एमालेले सरकारलाई भन्यो – चाडपर्वमा सडक सुरक्षा र महँगी नियन्त्रण गरियोस्

    एमालेले सरकारलाई भन्यो – चाडपर्वमा सडक सुरक्षा र महँगी नियन्त्रण गरियोस्

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असोज २०८१
  • 93
    SHARES

    काठमाडौं । नेकपा एमालेले चाडपर्वमा सडक सुरक्षाका साथै बजार अनुगमनलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

    शुक्रवार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर नेकपा एमालेको तर्फबाट केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले ध्यानाकर्षण गराएको हो ।



    चाडपर्वहरू मनाउँदा जनताको हर्ष उल्लासमय वातावरणमा सहयोग पु¥याउन एमालेले सरकारसँग माग गरेको छ । चाडपर्वहरूमा आम नागरिकलाई सहज यात्रा, सहज खाद्यान्न आपूर्ति र व्यवस्थापन गर्न माग गरिएको छ ।



    नेकपा एमालेको तर्फबाट केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले दिएको ज्ञापन पत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले सरकारलाई चाडपर्वको मुखमा गर्नुपर्ने कार्यहरूबारे घचघच्याएकोमा खुसी प्रकट गरे ।

    उनले सरकारको तर्फबाट नागरिकलाई सेवा पु¥याउने काममा कुनै कमजोरी नगर्ने प्रतिवद्धता जनाउँदै सरकार खाद्य सुरक्षा, सडक र यातायात व्यवस्थापनमा लागिपरेको बताए ।

    एमालेले चाडबाड मनाउन गाउँ फर्किनेहरूका लागि यातायातको सहज व्यवस्थापन गर्न, सडकका होटलहरुमा पाइने खाना खाजाहरू स्वस्थ एवं गुणस्तरीयताका लागि अनुगमनलाई प्रभावकारी बनाउन र चाडपर्वहरूमा हुनसक्ने कालोबजारी र महँगी आदिको नियन्त्रण गर्न तथा गुणस्तरीय र सुपथ मूल्यका पसलहरू देशभर जनपहुँचका ठाउँहरूमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार