Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • खराब मौसमका कारण सबै आन्तरिक उडान रद्द गर्ने प्राधिकरणको निर्णय

    खराब मौसमका कारण सबै आन्तरिक उडान रद्द गर्ने प्राधिकरणको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असोज २०८१
  • 93
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहानसम्मका सबै आन्तरिक उडानलाई रद्द गरेको छ ।

    खराब मौसमका कारण देखाउँदै सबै आन्तरिक उडानलाई रद्द गरिएको हो ।



    खराब मौसमका कारण देशभरका सबै विमानस्थल र हवाई रुटमा अत्यधिक जहाज हल्लाउने, डाइभर्ट हुने क्रम बढेपछि प्राधिकरणले भोलि शनिबार मौसममा सुधार नआएसम्म कतै पनि आन्तरिक उडान नगराउने भएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।



    शनिबार पनि मौसममा सुधार आएमा मात्रै उडान सुचारु हुने बताइएको छ ।

    शुक्रबार बिहानैदेखि परेको भारी वर्षाका कारण दिनभर आन्तरिक उडान प्रभावित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार