Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • आईजीपी कुँवर ‘अन्तर्राष्ट्रिय ड्रग इन्फोर्समेन्ट कन्फरेन्स’मा सहभागी

    आईजीपी कुँवर ‘अन्तर्राष्ट्रिय ड्रग इन्फोर्समेन्ट कन्फरेन्स’मा सहभागी

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असोज २०८१
  • 102
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर ग्रीसको एथेन्समा आयोजनामा भएको ३८ औँ अन्तर्राष्ट्रिय ड्रग इन्फोर्समेन्ट कन्फरेन्समा सहभागी भएका छन् ।

    मंगलबारदेखि बिहीबारसम्म सञ्चालन भएको सो कन्फरेन्समा आईजीपी कुँवर सहभागी भएका हुन् ।



    साथै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश कुमार आचार्य पनि सहभागी थिए । उनीहरु दुवैजना असोज ७ गते ग्रीस प्रस्थान गरेका थिए ।



    यता आईजीपी कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालीरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार