Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • डीआईजी कार्कीले ल्याए नयाँ गीत ‘दसैँ रमाइलो’ [भिडियोसहित]

    डीआईजी कार्कीले ल्याए नयाँ गीत ‘दसैँ रमाइलो’ [भिडियोसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असोज २०८१
  • 378
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीको दसैँ गीत सार्वजनिक भएको छ ।

    कार्कीले लेखेको ‘दसैँ रमाइलो’ बोलको गीत शुक्रबार सार्वजनिक भएको हो । गीतमा गायक राजेशपायल राई र मेलिना राईले स्वर भरेका छन् ।



    दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलको एरेन्ज रहेको गीतको भिडियोमा दीपाश्री निरौला, प्रियंका कार्की र सरोज ओलीलाई फिचर्ड गरिएको छ ।



    करणसिंह चासिरको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो कोरियोग्राफी तथा निर्देशन जेरी भण्डारीले गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार